काठमाडौं |
चीनको रियालिटी शोमा एक नेपाली युवा पुगेका छन् । चीनको रियालिटी शो’भ्वाइस अफ चाइना’मा काठमाडौंका सुजन श्रेष्ठ पुगेका छन् ।
‘भ्वाइस अफ चाइना’ मा आफु सहभागि भएको कुरा श्रेष्ठले आफ्नो यूट्यूब च्यानलमा भिडियो राख्दै जानकारी गराएका हुन् । उनले नेपाली प्रतिस्पर्धीको नाताले ‘भ्वाइस अफ चाइना’ मा संघर्ष गरिरहेका छन् ।
उनले नेपाली दर्शकको साथ र सहयोगको लागि अपिल गरेका छन् । ‘सिल्क रोड ( वान बेल्ट वान रोड’ म्यूजिक कम्पिटिसनमा दोस्रो स्थान हासिल गर्न सफल भएका श्रेष्ठले अहिले’भ्वाइस अफ चाइना’ मा सहभागि भएका थिए । उक्त प्रतिस्पर्धामा ७२ देशले सहभागिता रहेको छ । उक्त प्रतिस्पर्धा नेपालका सुजनले प्रतिनिधित्व गरेका थिए ।
हेर्नुहोस् उनको प्रस्तुति :