-एजेन्सी
श्रीलंकामा आइतबार बिहान भएको श्रृङखलाबद्ध बम बिस्फोटमा परि २९० जनाको ज्यान गईसकेको छ । इस्टर पर्वको अवसरमा चर्चमा प्रार्थना गरिरहेको अवस्थामा विभिन्न ठाँउमा रहेका चर्च र स्टार होटलहरुमा आत्मघाती बम बिस्फोट भए । उक्त बिस्फोटको घटनाले यतिबेला श्रीलंका संकटमा डुबेको छ भने संकटकालको नै घोषणा गरिएको छ । सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाईएको छ । घटनाको जिम्मेवारी अझैसम्म कसैले लिएको छैन । उक्त आतंककारी हमलाको विश्व समुदायले निन्दा गरिरहेका छन् ।
जुन घटनामा केही बिदेशी नागरिकहरुको समेत ज्यान गएको छ । जसमा डेनमार्कका सबैभन्दा धनाढ्य व्यक्तिले एकै पटक आफना ३ सन्तान गुमाएका छन् । डेनमार्कका सबैभन्दा धनाढ्य व्यक्ति एन्डर होल्च पोभ्लसेनले आफना ३ सन्तान एकैपटक गुमाएका हुन् । उनका तीन सन्तान इस्टर पर्वको छुट्टी मनाउन श्रीलंका पुगेका थिए । जहाँ बिस्फोटमा परि ज्यान गुमाउन पुगे । उनको तीन छोरी र एक छोरा थिए जसमा उनले श्रीलंका बिस्फोटमा ३ सन्तान गुमाएका हुन् ।
उनी चर्चित क्लोथिङ ब्राण्ड चेन बेस्टसेलरका मालिक हुन् । बेस्टरसेलका प्रवक्ताले सोमबार एक विज्ञप्ति जारी गर्दे एन्डर होल्च पोभ्लसेले श्रीलंकामा भएको बिस्फोटमा ३ सन्तान गुमाएको उल्लेख गरेको छ । गोपनियताका लागि उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । एन्डर होल्च पोभ्लसेन फोर्ब्सका अनुसार उनी ७.९ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक हुन् । उनी ब्रिटिस अनलाइन फेसन रिटेलर असोसका मुख्य सेयरहोल्डर पनि हुन् । उनी विश्वकै धनी व्यक्तिहरुको सूचिमा ३०४ स्थानमा रहेका छन् । -एजेन्सीको सहयोगमा