वीर अस्पतालमा अर्को अनियमितता,कुनै मापदण्ड बिनै ठेक्का,नदि दोहनमा निरीह गाउँपालिका !(भिडियो)

पोखरा ।

कास्कीको रुपा गाँउपालिका अन्र्तगत सातमुहाने रुपाकोट थुम्की रोडको पिच भएको केही दिनमै उप्किएको छ । लोहनी एण्ड बदर्श प्रा.लि. भरतपुर चितवन तथा देवचुली कन्सन्ट्रक्सन प्रा.लि. लेखनाथले निर्माण गरेको यो बाटो सन २०१७ मै सम्पन्न हुनु पर्ने भएपनि अहिले मात्रै कालोपत्रे भएको थियो । तर १२ करोडको लागतमा निमार्ण सम्पन्न भैनसक्दै सडकको कालोपत्रे उप्किने, नाला भत्किने तथा सडक नै भत्किएको छ ।

वीर अस्पतालमा टेन्डर प्रकृयामा अनियमितता
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गतको वीर अस्पताल खरिद इकाईले खाद्यान्न खरिदमा अनियमितता गरेको पाइएको छ । इकाईले खरिद ऐननियम मिचेर योग्यता नपुगेको फर्मसँग टेन्डर स्विकृत गरी सामान खरिद गरेको देखिएको छ । अस्पतालको खरिद इकाईले गत वर्षको माघमा गोरखापत्र दैनिकमार्फत रासन सामग्री खरिदका लागि टेन्डर सूचना प्रकाशित गरेको थियो ।

राजश्वको लोभमा सिंचाई आयोजनानै धरापमा !
नवलपरासी । पूर्वी नवलपरासी स्थित विनयी त्रिवेणी गाउपालिका ठुलोटाडी गाँउका लागि निर्माण भैरहेको सिंचाई आयोजना विनयी खोला दोहना कारण जोखिममा परेको छ । विनयी खोला किनारमा २ ठूला इनार बनाई, त्यही इनारबाट पानी लिफ्ट गरी गाँउमा पु¥याइदै छ । इनार रहेको क्षेत्र वरपर ५ सय मिटरसम्म उत्खन्न गर्न पाइदैन । तर अहिले इनार नजिकै नदि जन्य वस्तु उत्खनन् भैरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार