काठमाडाैं ।
धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तीन पटक परकम्प गएकाे छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलकाे परकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बुधबार बिहान ११ मिनेटभित्र दुईवटा परकम्प गएका थिए । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएका थिए ।
परकम्पको धक्का काठमाडाैंसहित नुवाकोट, काभ्रे, धादिङलगायतका क्षेत्रमा पनि महसुस गरिएकाे थियाे । बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको पनि भाेलि चार वर्ष पूरा हुने छ । २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
गोरखा भूकम्पले ८ हजार ७ सय ९० जना नागरिकको ज्यान लिएको थियो । २२ हजार तीन सय नागरिक घाइते भएका थिए । ८ लाख २५ हजार निजी घरसहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति पुराएको थियो ।