विद्यासुन्दरलाई केशव स्थापितको प्रश्न :पहिले डोजर, अनि छानविन ! बसपार्कको ठेक्का पनि रद्द गरौं केको छानविन ?

काठमाडौं ।

माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा डोजर लगाएर सडक र चौक फराकिलो बनाउने काठमाडौंका पूर्वमेयर केशव स्थापित यतिबेला खुलामञ्च बिक्री प्रकरणबारे समाचारहरु पढिरहेका छन् ।

तर, स्थापितलाई यस्तो गम्भीर मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भूमिका पटक्कै चित्त बुझेको छैन ।

पूर्वमेयर स्थापित खुलामञ्च सार्वजनिक सम्पत्ति भएकाले खुलारुपमै भइरहेको अतिक्रमणमा महानगरपालिकाले कुनै छानविन गरिरहनु नपर्ने बताउँछन् ।

काठमाडौं महानगरपालिकाका बहालवाला मेयर शाक्य भने उपमेयरले छानविन प्रतिवेदन नबुझाएकाका कारण एक्सनमा उत्रन नपाएको लाचार जवाफ दिइरहेका छन् । लामो समयदेखि खुलामञ्च अतिक्रमण भइरहे पनि आफूले भर्खरै (चैत २४ गते) थाहा पाएको भन्दै मेयर शाक्य उपमेयरको आलोचनामा व्यस्त रहेका बेला पूर्वमेयर स्थापितचाहिँ प्रश्न गर्छन्– खुल्लमखुल्ला बलात्कार भइरहेको छ, के को छानविन ? एक्सनमा उत्रिनुपर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार