वि.सं.२०७६ साल वैशाख १४ गते । शनिबार । इस्वी सन् २०१९ अप्रिल २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि अष्टमी,३१ घडी ०० पला,बेलुकी ०५ बजेर ५५ मिनेट उप्रान्त नवमी । नक्षत्र श्रवण,५३ घडी ५१ पला,रातको ०३ बजेर ०३ मिनेट उप्रान्त धनिष्ठा । योग शुभ,५४ घडी ५६ पला,रातको ०३ बजेर २९ मिनेट उप्रान्त शुक्ल । करण कौलव,बेलुकी ०५ बजेर ५५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा स्थिर योग । चन्द्रराशि मकर । गोरखकाली पूजा। सर्वार्थसिद्धि योग रातको ०३ बजेर ०३ मिनेटसम्म। काठमाडौँमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ३९ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाइकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने थप लगानी बढाउने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबिच विश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरीको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायरि सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाई लेखाइमा समय दिन नकस्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनी सँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पर्दा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थाई सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफा मूलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथी सँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामान्य घटपटको योग रहेको छ भने जीवन साथीको असहयोगले कामहरू समयमा सम्पन्न नहुने योग रहेको छ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धि न्यून हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरू भन्दा पछि परिने चिन्ताले सताउनेछ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबिच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आँट,पराक्रम गर्न नडराई अगाडि बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाम मुखी काम गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन,उत्तम वस्त्र तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामान्य काममा लल्झने समय रहेको छ । अरूकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाई लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरूतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । व्पापार व्यावासायमा मन्दी आउने भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय मध्यमय रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा अर्थ सङ्ग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरूले सहयोग गर्ने तथा दाजुभाइहरूको समर्थन राम्रा काम गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुने समय रहेको छ ।