नेइमारलाई ३ खेलको प्रतिबन्ध

पेरिस- फ्रेन्च क्लब पिएसजीका ब्राजिलयन फरवार्ड नेइमारलाई ३ खेलको प्रतिबन्ध लगाइएको छ।

युरोपियन फुटबल महासंघले नेइमारले रेफ्रीलाई समाजिक संजालमार्फत अभद्र टिप्पणी गरेको भन्दै प्रतिबन्ध लगाएको हो।

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को म्याचेस्टर युनाइटेडविरुद्धको खेलपछि नेइमारले इन्स्टाग्राममा टिप्पणी गरेका दिए। उनले म्याचेस्टरलाई अन्तिममा भारमार्फत दिएको पेनाल्टीलाई कुरुपको संज्ञा दिएका थिए।

सो खेलमा नेइमार भने अनुपस्थित थिए। उनी घाइते भएका कारण प्याराफिटमा बसेर खेल हेर्न बाध्य भएका थिए। खेलमा म्याचेस्टरले अन्तिम मिनेटमा गोल गरेर पिएसजीले पहिलो लेगमा हात पारेको २-० को नतिजा उल्टाएको थियो।

नेइमारले अब आगामी सिजनको च्याम्पियन्स लिगको समूह चरणका खेल गुमाउनेछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार