को बन्छ करोडपति’ मा चर्चित नायिका प्रियँका कार्की र आयुशमान अनि राजेश हमालको डान्स (भिडियो)

चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा अहिलेका चर्चित जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशाराज जोशी सहभागी भएर १० हजार जित्न सफल भएका छन । शनिवारको कार्यक्रममा आयुष्मान र प्रियंका भाग लिगेका थिए भने राजेश हमालको प्रश्न , एक करोड जित्नु भयो भने के गर्नु हुन्छ भन्ने प्रश्नमा हाम्रो आयंका फाउन्डेसन मार्फत सहयोग गर्ने बताएका थिए तर उनीहरुले कार्यक्रम बाट रुपैया १० हजार मात्र जित्न सफल भएका हुन।

कार्यक्रमको अन्तिममा प्रियंका कार्की र राजेश हमालले संगै नृत्य गरेका थिए। पूर्व पश्चिम रेल बोलको गीतमा नायक नायिकाको नृत्य देख्न सकिन्छ।

एपी वान टेलिभिजन बाट प्रशारण हुँदै गरेको को बन्छ करोड पति कार्यक्रममा कहिले कहिले नेपालका चर्चित हस्तीहरु आउने गर्छन। यस अघि कार्यक्रममा भद्रगोलको टिम, भुवन केसी , अनमोल लगायतका मान्छे आएर सोको उचाई अझ बढाएका छन।

नेपालमा को बन्छ करोड पति नामले आयोजना भएको सो , को भन्छ करोड पति हरेक हप्ताको शनिबार, आइतबार र सोमबार ८३० बजे एपीवान एचडीबाट प्रसारण हुन्छ। ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’सुरु भएको हो । यस कार्यक्रमलाइ नायक राजेश हमालले सञ्चालन गरेका छन् ।यस कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ ।

कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्। हिजोको ३५ औ एपिसोडमा नायिका प्रियँका कार्की र आयुशमान जोसीले कति जिते हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार