संगितकार विजु बज्रचार्यको ४८ बर्षको उमेरमा निधन

बुटवल ।

गुल्मीको पुरानो ब्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर विजु बज्रजार्यको आईतवार ४८ बर्षको उमेरमा हृदयघातबाट निधन भएको छ ।

काठमाण्डौ बबरमहलस्थित आफ्नो निवासबाट निस्कीएर मोटरसाईकल चलाउँने क्रममा त्यहीँ ढलेर अचेत भएका उनलाइ उपचारको लागि सिभिल अस्पतालमा लगिएको थिायो ।

अस्पतालमा पुर्याएको केही समयमै उनलाई डाक्टरले मृत घोषणा गरेको उनको पारिवारिक स्रोतले जनाएको छ । २०२८ सालमा पिता जुठाराम बैद्यचार्य र माता लक्ष्मीदेवी वैद्यचार्यको कोखबाट माईलो सन्तानका रुपमा जन्मिएका बज्रचार्यले वामीटक्सार बजारमा जन्मिएका हुन् ।

संगितकार बज्रचायले एसलसी सम्मको अध्यान गुल्मीको वामीटक्सार कै महेन्द्र आदर्श मायामिक विद्यालयमा गरेका थिए । २०४६ पछि काठमाण्डौ पुगेर सांगीतिक क्षेत्रमा उदाएका बज्रचायले २०४९ सालमा स्वर परिक्षण पास गरेका थिए । उनका दुई दिदी वहिनी र ६ दाजु भाई छन ।

उनि श्रीमाति र दुई सन्तान सहित काठमाण्डौ बस्दै आएका थिए । पिताको निधन भए पनि उनकी ७५ बर्षिया आमा वामीटक्सारमै बस्दै आएकी छन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार