फेनी तूफानले खतरनाक रुप लिन सक्छ:भारतीय मौसम विभाग

एजेन्सी ।

भारतीय मौसम विभागले बंगालको खाडीबाट आउने फेनी तूफानलाई लिएर चेतावनी दिएको छ । यो तूफानले आउने १२ घण्टामा गम्भीर रुप लिन सक्ने र २४ घण्टा भित्र यो तुफानले एक दमै ताण्डव रुप पेश गर्न सक्ने बताइएको छ ।

फेनी तुफान उत्तर–पश्चिमा झन बढ्ने सम्भावना रहेको र त्यसपछि विस्तारै यो उत्तर–पूर्व तर्फ बढ्नेछ । मौसम विभाग चेन्नईका अधिकारी एस बालचन्द्रनका अनुसार आइतबार राति र सोमबार विहानसम्म चक्रवाती तूफान तेज हुने सम्भावना रहेको छ । यस्तो तूफान ३० अप्रिल र १ मे सम्म तामिलनाडु र दक्षिण आन्ध्र तटको छेउमा पुग्न सक्ने पनि उनले बताए । चक्रवाती तूफान मे १ पछि आफ्नो दिशा फेर्ने र उत्तर पूर्वमा बढ्ने भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

चक्रवाती तूफान ( फेनी ) बंगालका खाडी र छिमेकी दक्षिण–पूर्वी खाडी मा ५ः३० बजे सम्म केन्द्रित रहने , जुन त्रिकोमाली (श्रीलंका ) बाट लगभग सात सय ४५ किलो मिटर पूर्वमा रहेको चेन्नई (तामिलनाडु ) बाट एक हजार ५० किलोमिटर दक्षिण – पूर्वमा र तमिलनाडु दक्षिण–पूर्वमा मछलीपट्टनम (आन्ध्र प्रदेश) बाट एक हजार दुईसय ३० किलोमिटर टाढा रहेको छ ।

भारतीय मौसम विभागले चक्रवाती तूफान फेनीलाई लिएर शुक्रबार केरलामा रेड अर्लट जारी गरेको थियो । हिन्द महासागर र बंगालका खाडीमा कम दबाव क्षेत्रबाट बनेको फनी चक्रवातले केरलाका तटवर्ती इलाकामा भीषण तूफानसंगै पानि पर्ने सम्भावना रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार