१३ वर्षीया बालिकाको को बलत्कार प्रयासपछि हत्या

बेंसीसहर

: दोर्दी गाउँपालिका–२ स्थित अर्चलबोट साँखरकी १३ वर्षीया किशोरीको बलत्कार प्रयासपछि हत्या भएको छ। अर्चलबोटको लक्ष्मीनारायण माद्यामिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीया अनिशा परियारको मृत्यु अस्वभाविक देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

हत्या अभियोगमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत बैशाख ९ गते घाँटीमा सल बेरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। बालिकाको नाताले हजुरबुवा र हजुरआमा पर्ने दोर्दी–३ श्रीमञ्ज्याङका ४५ बर्षीय राजकुमार परियार र उनकी श्रीमती ४९ वर्षीया जालु परियारलाई हत्या अभियोगनमा प्रहरीले नियन्त्रणमा लिएको छ।

हजुरबा हजुरआमा र बाबाआमासँगै अनिशा तनहुँको बाइसजँघारमा विहेभोजमा गएका थिए। विहेभोजपछि बुवा काममा गएको र आमा किताव किन्न गएपछि अनिशा नाताले हजुरबुवा हजुरआमासँगै घर फर्केकी थिइन्। अनिशालाई घर पु¥याए पनि राजकुमार घर नगई एक्ली अनिशासँगै बसेको प्रहरी स्रोतले बताएको छ।

घरभित्र रहेकी अनिशालाई जवर्जस्ती गर्न खोजेको र नमानेपछि घटना बाहिर आउने डरले किशोरीलाई घाँटीमा अँठ्याएको राजकुमारले स्वीकारेका छन्। स्थानीयले घटना भएको दिन राजकुमार र उनकी पत्नी उक्त ठाउँमा भएको जानकारी दिएपछि दुवैजनालाई पक्राउ गरी अनुसन्धान गर्दा पोल खुलेको प्रहरी प्रमुख डिएसपी यादव ढकालले जानकारी दिए।

घटना गएको बैशाख ९ गते भएपनि हत्याजस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान थालेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा दम्पत्तिले बालिकालाई कर्तव्य गरेको स्वीकार गरेपछि थप कारबाही प्रक्रिया अगाडि बढाएको डिएसपी ढकालले बताए। दम्पत्तीलाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर थप अनुसन्धान थालिएको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार