साउदीका लागि नेपाली राजदूत सिंहबिरुद्ध परराष्ट्र र श्रम मन्त्रालयमा उजुरी

काठमाडौं ।

साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहविरुद्ध लिखित उजुरी परेको छ । दूतावासका कर्मचारीले रोजगार सम्झौता प्रमाणीकरणमा बार्गेनिङ गरी घुस लिएर काम गर्ने गरेको दावी गर्दै म्यानपावर व्यवसायीहरुले परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयमा राजदूत सिंहबिरुद्ध उजुरी दिएका हुन् ।

रोजगारदाता कम्पनीबाट प्राप्त भएको मागपत्र र कामदारसँग गरिने सम्झौता प्रमाणीकरण दूतावासबाट गर्नुपर्ने प्राबधान छ । यो प्राबधानलाई राजदूत र दूतावासका प्रमाणीकरण गर्ने कर्मचारीले कमाउने माध्यम बनाएको आरोप धेरै अघिदेखि लाग्दै आएको थियो ।

वैदेशिक रोजगार विभागबाट कामदारहरुको पूर्वस्वीकृति लिनको लागि सम्बन्धित देशका रोजगारदाता कम्पनीबाट प्राप्त भएको माग पत्र तथा नेपाली कामदारसँग गरिने सम्झौता पत्रमा सम्बन्धित देशमा रहेको नेपाली राजदूताबासले प्रमाणित गर्नुपर्ने व्यवस्थाको गलत फाइदा दूतावासका कर्मचारीले उठाउने गरेका छन् । यो काम कसले गर्ने भन्नेमा श्रम र दूतावासका कर्मचारीबीच धेरै देशका दूतावासमा विवादसमेत हुने गरेको छ ।

साउदी दूतावासले दलालहरुको प्रभावमा परी वैदेशिक रोजागर दाता कम्पनीहरुसँग नेपालका प्रतिष्ठित मेनपावरहरुको सम्बन्ध बिच्छदे गरिदिने र कामदारलाई राम्रा कम्पनीमा काम गर्ने अवसरबाट बन्चित गरिरहेको आरोप समेत लागको छ ।

व्यवसायीहरुले दूतावासबाट भोग्नुपरेको समस्याबारे सरकारलाई अवगत गराउँदै कारवाही माग गरेका छन् ।

परराष्ट्र र श्रम मन्त्रालयमा दिइएको उजुरीमा भनिएको छ-सम्पूर्ण कागजात पूरा गरी दूतावासमा प्रमाणीकरणको लागि लैजादा बिभिन्न बहाना बनाइ बार्गेनिङ गर्ने, राम्रो तलब सुबिधा दिने कम्पनीहरुको प्रमाणीकरण नगर्ने तर दूतावासको वरिपरि बस्ने एजेन्टहरुको अनुचित प्रभावमा परेर कमसलका मागपत्र तुरुन्त प्रमाणीकरण गरिदिने र कम्पनी भिजिटका नाममा पैसा बार्गेनिङ हुने गरेको छ ।

साउदीस्थित दूतावासमै मेनपावरका दलालहरु बस्ने गरेका छन् । उनीहरुले भनेका कम्पनीको मात्र कागजात प्रमाणीकरण हुने गरेकोकोले राम्रा कम्पनीले नेपालबाट कामदार लैजान छाडेको समेत उजुरीमा उल्लेख छ ।

राजदूत प्रा डा.महेन्द्रप्रसाद सिंह राजपुतको आदेश भन्दै दूतावासका कर्मचारीहरुले एजेन्टले भनेकाहरुको मात्र प्रमाणीकरण गरिदिने गरेको आरोप लागेको छ ।

दूूतावासका काउन्सिलर आनन्दप्रसाद शर्मा, श्रम फाँटका आनन्दप्रसाद अधिकारी र सहचारी बलराम पाण्डेले प्रमाणीकरण गर्ने क्रममा राजदूतको आदेश भन्दै पैसा बार्गेनिङ गर्ने गरेको उजुरी प्राप्त भएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए । उजुरीमाथि छानबिन भइरहेको र परराष्ट्र मन्त्रालयमा पठाइएको उनले बताए ।

साउदी अरेबियास्थित नेपाली राजदूतावासको कारण अन्तर्राष्ट्रिस्तरको रोजगारदाता कम्पनीहरुको कामदारको माग समेत नेपालले गुमाएको म्यानपावर व्यवसायीहरु बताउँछन् ।

‘नेपाली राजदूताबासका कर्मचारीहरुले आफूलाई फाइदा नभए प्रमाणिकरण नै रोकिदिन्छ, यसले देशले नै अवसर गुमाइरहेको छ,’ मन्त्रालयमा भेटिएका एक व्यवसायीले भने ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार