श्री एयरलाइन्सको जहाजको ढोका नखुलेपछि आकस्मिकद्वारबाट यात्रुहरुको उद्धार

धनगढी।

धनगढी एयरपोर्टमा सोमबार अवतरण गरेको श्री एयरलाइन्सको जहाजको ढोका नखुलेपछि यात्रुलाई आकस्मिकद्वारबाट उद्धार गरिएको छ ।

एयरपोर्टमा ल्याण्ड गरिसकेको जहाजको ढोका नखुलेपछि यात्रु आत्तिएका थिए । उनीहरु सबैलाई जहाजको आकस्मिकद्वारबाट निकालिएको नागरिक उड्डयन प्राधिकरण धनगढीले जानकारी दिएको छ ।

जहाजको ढोका के कारणले नखुलेको हो, त्यो प्राविधिक कारण थाहा हुन नसकेको जनाइएको छ । काठमाण्डौंबाट इञ्जिनीयर आएर जहाजको ढोकामा आएको समस्या समाधान गर्ने प्राधिकरणले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार