चीनको साताव्यापी राजकिय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी ‘हाई अल्टिच्यूट’का कारण विरामी भएको खुलेको छ।
चाइना रेडियोको नेपाली विभागमा कार्यरत पत्रकार लक्ष्मी लम्सालले पोस्ट गरेको ट्वीटमा सो कुरा उल्लेख छ।
‘तिब्बतको छिमेकी छिङहाइ प्रान्तमा पुग्दा त रिंगटा लागेर हैरान भएको याद छ। त्यसबेला होटलका कोठामा पनि अक्सिजनको भाँडो राखिदिएको थियो। हिजो राष्ट्रपति विद्यादेवी भण्डारी तिब्बतमा पुग्दा हाइ अल्टिच्युटले गाह्रो बनायो। त्यसैले भ्रमण बीचमै छोट्याएर आजै काठमाडौं फर्किनुपर्यो’, ट्वीटरमा लक्ष्मीले लेखेका छन्।
तिब्बतको छिमेकी छिङहाइ प्रान्तमा पुग्दा त रिंगटा लागेर हैरान भएको याद छ। त्यसबेला होटलका कोठामा पनि अक्सिजनको भाँडो राखिदिएको थियो।
हिजो राष्ट्रपति विद्यादेवी भण्डारी तिब्बतमा पुग्दा हाइ अल्टिच्युटले गाह्रो बनायो। त्यसैले भ्रमण बीचमै छोट्याएर अाजै काठमाडाैं फर्किनुपर्यो। pic.twitter.com/i9beYr2UyP— laxmipooja~拉姆 (@Shree3laxmi) 1 May 2019
तिब्बतको छिमेकी छिङहाइ प्रान्तमा पुग्दा त रिंगटा लागेर हैरान भएको याद छ। त्यसबेला होटलका कोठामा पनि अक्सिजनको भाँडो राखिदिएको थियो।
हिजो राष्ट्रपति विद्यादेवी भण्डारी तिब्बतमा पुग्दा हाइ अल्टिच्युटले गाह्रो बनायो। त्यसैले भ्रमण बीचमै छोट्याएर अाजै काठमाडाैं फर्किनुपर्यो।
राष्ट्रपति भण्डारी भ्रमणको सातौं दिन मंगलबार चीनको ल्हासामा छिन्। उनी बिहिबार मात्र फर्कने कार्यक्रम थियो।
भण्डारी चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा भाग लिन त्यता गएकी हुन्।