काठमाडौं।
मुस्कान / पछिल्लो समय निकैनै लोकप्रिय बन्दै आएको टेलिभिजन शो “को बन्छ करोडपति लाइभ” हेर्न पुगेका दर्शकहरुले आफूहरुलाई बोलाएर अलपत्र पारेको भन्दै आपत्ति जनाएका छन् ।
महानायक राजेश हमालले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा चर्चित सञ्चारकर्मी रवि लामिछाने राष्कोट सामुदायिक अस्पताल सहयोगार्थको लागि सहभागी हुने भनेर व्यापक प्रचारप्रसार गरेको थियो । कार्यक्रम लाइभ हेर्न दुईसय जनालाई फ्रि टिकट भनेर भनिएपनि सयौं दर्शकलाई आज कार्यक्रममा सहभागी नदिएपछि रवि लामिछाने समर्थकहरुले गुनासो समेत गरेका थिए ।
भिडियो हेर्नुहोस् ।
मुस्कान / पछिल्लो समय निकैनै लोकप्रिय बनेको एपि वान टेलिभिजनबाट प्रसारित कार्यक्रम को बन्छ करोडपतिमा चर्चित सञ्चारकर्मी रवि लामिछाने जाने भएको छ । उनले उक्त कार्यक्रममा सहभागी हुनको मुल उदेश्य भनेको राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि सहभागी हुन लागेको जानकारी दिएका छन् ।
महानायक राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रममा धेरै चर्चित अनुहारहरुले भाग लिँदै आइरहेका छन् । यो भन्दा अगाडि पनि अभिनेत्री प्रियंका कार्की ,आयुष्मान देशराज जोशी , त्यस्तै अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ ।
यो हप्ता प्रसारित हुने को बन्छ करोडपति कार्यक्रममा सञ्चारकर्मी रवि लामिछाने लगायत जेठ ३ गतेबाट प्रदशर्न अाउने चलचित्र जात्रै जात्राको टिम दयाहाङ राई बिपिन राई सँग अन्यकलाकार हरुलाई देख्न हेर्न पाउने भएको छ।
रवि लामिछानेको स्टाटस :
रास्कोट सामुदायिक अस्पतालकालागि सहयोग जुटाउन म लोकप्रिय कार्यक्रम “को बन्छ करोडपति” मा सहभागी हुदैछु। कार्यक्रमको रेकर्डिङ भोलि हुँदै छ। दर्शकका रुपमा सहभागी हुन इच्छुक २०० जना महानुभावहरुले फ्री टिकटकालागि पोस्टरमा लेखिएको विवरण हेर्नुहोला। निर्णय ढिला गरिएको कारण जानकारी दिन ढिलो भएकोमा क्षमा चाहन्छु। सकेसम्म १ करोड जित्ने गरि खेल्ने प्रयास गर्नेछु तर जति जितेपनि सबै रकम रास्कोट सामुदायिक अस्पताललाई।