रोनाल्डोले किने १ अर्ब ३८ करोडकाे कार, संसारकै सबैभन्दा महंगो भएकाे दाबी

काठमाडौं ।

पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ९५ लाख पाउण्ड अर्थात करिब १ अर्ब ३८ करोड १६ लाख ४३ हजार रुपैयाँ मूत्यकाे कार किनेका छन् । उनले बुगाटी ला भुइचर नोयर कार किनेका हुन् ।

डेलिमेलका अनुसार यो संसारकै सबैभन्दा महंगाे बताइएकाे छ । यो कार बजारमा आइसकेको छैन । पहिलोपटक यो कार जेनेभा मोटर शो २०१९ मा प्रदर्शन गरिएको थियो । उक्त कार हर्न हजाराैं मनिसहरू उपस्थति भएका थिए ।

बुगाटीले अहिले यो कारको एक मात्र प्रोटोटाइप निर्माण गरेको बताइएको छ । कम्पनीको ११० औं स्थापना दिवसको अवसरमा बनाइएको यही एकमात्र सुपरकार रोनाल्डोले किनेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार