काठमाडौं ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनलाई झकिझकाउ बनाएर सजाइएको छ ।
सरकारको आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संसद्मा प्रस्तुत हुने भएपछि संसद् भवन तथा परिसर सिँगारिएको हो ।
शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्वारा तयार पारिएको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्र प्रमुख आउने भएपछि संसद् भवनको गेटदेखि भित्रैसम्म नेपाली राष्ट्रिय झण्डा तथा विभिन्न ध्वजापताका राखेर सजाइएको छ । शुक्रबार बिहानैदेखि संघीय संसदका कर्मचारीहरु भवन परिसर सजावटको काममा खटिएका छन् ।