‘फानी’ आँधीका कारण भारत र बाङ्ग्लादेशमा हजाराै घर ध्वस्त

नयाँदिल्ली ।

भारतको ओडिशा राज्यबाट बाङ्ग्लादेश पुगेको फानी नामक समुन्द्री आँधीले एक हजार भन्दा बढी घर ध्वस्त पारेको छ ।
बाङ्ग्लादेशमा एक हजारभन्दा धेरै घरहरुमा क्षति पुग्नुका साथै गाउँहरू जलमग्न भएका छन् ।

झन्डै दश लाख मानिसलाई सुरक्षित स्थलमा सारिएको भन्दै बाङ्ग्लादेश जल तथा मौसम विभागका निर्देशकले ठूलो विपद्को त्रास भने लगभग सकिएको बताएका छन् । भारतमा भने क्षति कम गर्न गरिएको स्थान्तान्तरण सफल भएको मानिएको छ ।

आँधीले तटीय क्षेत्रका दर्जनौँ गाउँहरूलाई डुबानमा पारेको छ । प्रतिघण्टा ७० किलोमिटर वेगसम्मका हुरी चलेको बताइएको छ ।

नवखली जिल्लामा केही घरहरू ध्वस्त भएको र ३० जना घाइते भएका छन् भने दुई बालबालिका मारिएका छन् । शुक्रवार भारतमा पनि आँधीको कारण कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार