काठमाडौं ।
चर्चित सञ्चारकर्मी रवि लामिछाने र पुर्व चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले गत माघ ७ गते कानुनी रुपमा विवाह गरेका हुन् । विवाह गरे लगत्तै उनिहरुले आउदो वैशाखमा नेपाली रीतिरिवाज अनुसार विवाह गर्ने बताएका थिए ।
” धेरै शुभचिन्तकहरुलाई चासोको बिषय नै बन्यो रवी र निकिताको विवाह किन वैशाखमा भएन भन्ने, ‘अन्तत: उनिहरुले वैशाखमा नभई यहि जेठ ३ गते नेपाली परम्परा अनुसार लगनगाठो कस्ने भएका छन् ।होटल मिष्टिक माउन्टेन नगरकोट, भक्तपुरमा जेठ ३ गते शुक्रबार विवाह हुने भएको हो ।
रवी लामिछानेले विवाहको निमन्त्रणा कार्ड समेत बाडि सकेको जानकारी प्राप्त छ ।