बाबुराम भट्टराईलाई उपेन्द्र यादवद्वारा सपथ ग्रहण

काठमाडाैं –

नवगठित समाजवादी पार्टी, नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन्।

मंगलबार राजधानीको बुद्धनगरमा अध्यक्ष यादवले पार्टीका ज्येष्ठ सदस्य प्रेम कृष्ण पाठकबाट पद तथा गोपनियताको सपथ पनि लिएका छन्।

सपथग्रहणपछि मंगलबारै पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक बसेको छ। बैठकले प्रक्रिया पूरा गरेर निर्वाचन आयोगमा दल दर्ता गर्ने र सबै प्रदेशमा जागरण सन्देश अभियान सञ्चालन गर्ने निर्णय भएको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार