पाकिस्तानमा आत्मघाती विस्फोटमा १५ वर्षीय किशोर संलग्‍न

लाहोरमै भएका आत्मघाती विस्फोटमा सन् २०१० मा ४२, २०१६ मा ७२ र गत वर्ष नौ जनाले ज्यान गुमाएका थिए भने बुधबार ८ जनाले ज्यान गुमाए ।
लाहोर ।

पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरको सूफी दरगाह दाता दरबारमा दर्शनार्थीहरु खचाखच थिए । दक्षिण एसियाकै सबभन्दा पुरानो दरगाहमध्ये एक मानिने लाहोरको सूफी दरगाह दातामा अरुदिन त भिडभाड हुन्थ्यो भने अहिले त मुस्लिम धर्मालम्बीको मुख्य चाड रमजान चलिरहेकोले त्यहाँ भिडभाड बढी नै थियो ।

त्यसको सुरक्षार्थ दरगाह दाता दरबार बाहिर सुरक्षाकर्मी तैनाथ थिए । एकाएक बुधबार बिहान दरगाह दाता दरबारको दुई नम्बर गेटको महिला प्रवेशद्वार बाहिर सुरक्षामा खटिएको प्रहरी टोलीको भ्यान लक्षित बम विस्फोट भएको पाकिस्तानी सञ्‍चार माध्यम डन डटकमा उल्‍लेख छ ।

ad ad ad
उक्त विस्फोटमा पाँच सुरक्षाकर्मी र तीन स्थानीयसहित आठ जनाको मृत्यु भयो भने २५ भन्दा बढी घाइते भए । किङ इडवार्ड चिकित्सा विश्वविद्यालयका उपकुलपति प्रोफेसर खालिद गोन्डलले मृत्यु हुनेको संख्या अझै बढ्‍न सक्ने बताएका छन् । उनले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताएका छन् । घाइतेमध्ये सात जनालाई मायो अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार उक्त विस्फोट आत्मघाती बम हमला गराइएको थियो । पन्जाबका मुख्यमन्त्रीका प्रवक्ता शहबाज गिलले सञ्‍चारमाध्यसँग कुरा गर्दै भने, ” उक्त आत्मघाती हमला एक १५ वर्षीय किशोरले गरेका थिए । ती किशोर एक फलफूल पसलबाट निस्किए र प्रहरीको भ्यान नजिकै आएर र विस्फोट गराए ।”

उक्त बममा सात किलो विस्फोटक पदार्थ भरिएको अनुसन्धानबाट खुलेको जनाइएको छ । टेलिभिजनमा देखाइएका उक्त विस्फोटका दृश्यहरु निकै कारुणिक छन् । नजिकै पार्कीङमा राखेका सवारी साधनहरुका झ्यालका सिसा फुटेका छन् भने नजिकैका भवनहरु चर्किएका छन् । विस्फोट लगत्तै त्यहाँ निकै भागदौड मच्चिएको थियो । सुरक्षाकर्मीले तत्काल उक्त क्षेत्रलाई घेरा हालेर अनुसन्धा थालेका थिए ।

यो पनि, पाकिस्तानको लाहोरमा आत्मघाती विस्फोट : आठ जनाको मृत्य, २५ घाइते

अहिले उक्त क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ । रमजान महिनाभरी कुनै त्रास फैलन नदिन सुरक्षा व्यवस्था कडा पारिएको पन्जाब प्रान्तका आईजी आरिफ नवाजले बताएका छन् ।

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले उक्त हमलाको निन्दा गरेका छन् । उनले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्‍न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् । उक्त हमलाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् ।

पन्जाबका पूर्वमुख्यमन्त्री शहवाज शरिफले यस विस्फोटमा ज्यान गुमाउनेप्रति श्रद्धान्जली अर्पण गरेका छन् । उनले भनेका छन्, “आतंककारीको कुनै धर्म हुँदैन । यस्ता किसिमका आतंकारी हमलाका सुरक्षा निकाय, सरकार र अन्य सम्बन्धित निकाय अर्लट हुनपर्दछ ।”

पाकिस्तानको पन्जाब प्रान्तको प्रहरीका आईजी आरिफ नवाजका अनुसार उक्त विस्फोट आत्मघाती हमला भएको र प्रहरीलाई निशाना बनाएको बीबीसीमा उल्लेख छ । उनले मिडियालाई भनेका छन्, “प्रहरीलाई निशाना बनाएर हमला गरिएको हो । हमलाकारी आएको स्थानमा नै विस्फोट गराएको भए बढी क्षति हुनसक्थ्यो । डियूटीमा भएको प्रहरीको गाडीलाई निशाना बनाएर हमला गरिएको छ ।”

सन् २०१० मा यहाँ भएको हमलामा ४२ जनाले ज्यान गुमाएका थिए । सन् २०१६ मा इस्टर डेमा भएको आक्रमणमा लाहोरमा नै ७२ जनाले ज्यान गुमाएका थिए । गत वर्ष पनि लाहुरमा भएको आत्मघाती विस्फोटमा नौ जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार