‘सुन साँइली’का रेकर्डिस्ट महतले भाइबुहारी मारेको आरोप

काठमाडौं |

ललितपुरको ढोलाहिटीमा बिहीबार भएको एक हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपनि उनले किन हत्या गरे भन्ने सम्बन्धमा कारण पत्ता लगाउन सकेको छैन।

कोठामा सुतिरहेकी भाईकी श्रीमतीलाई उज्वल महतले हत्या गरेका थिए। घटना भएको समयमा त्यस घरमा तीन जना मात्र भएको प्रहरीले जनाएको छ। मृतकका श्रीमान अफिस गएका थिए भने सासु आफ्नै कोठामा सुतिरहेकी थिइन्।

त्यस घरमा महतको संयुक्त परिवार बस्दै आएको थियो। उज्वल परिवारका दुई छोरामध्ये जेठा हुन्। उनी चर्चित गित ‘सुन साइँली’का रेकर्डिस्ट पनि हुन्।

करिब दुई वर्ष अघि मृतक महत परिवारमा बुहारी भएर भित्रिएकी थिइन्। ‘दाजु भाईको सम्बन्ध राम्रै देखिन्छ। यसअघि भनाभन समेत नभएको परिवारका अन्य सदस्यले बताएका छन्। अहिले उनी तनावमा देखिन्छन्। बयानपछि कारणहरु खुल्दै जाला’, महानगरीय प्रहरी वृत चापागाउँका प्रमुख डीएसपी राजकुमार थेजुले भने।

प्रारम्भिक अनुसन्धानमा उज्वल डिप्रेसनको विरामी देखिएको प्रहरीको दावी छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार