एजेन्सी ।
रुसका राष्ट्रपति भ्लादमीर पुटिन आइस हकी खेल्ने क्रममा अन्यन्त्रीत भइ लड्न पुगेका छन् ।शक्तिशाली मुलुुकका राष्ट्रपतिका रुपमा चिनीएका पुटीन हकी खेलमा आफ्नो टिमलाई जीताएपछि खुसी मनाउने क्रममा लडेका हुन् ।
पुटीन लडेको फुटेजका अनुसार खेलको समापनपछि जितको खुसीयालीमा मैदान घुम्दै हुन्छन् । सोही समय उनी उनी चिप्लिएर लड्छन् । तर हत्तारीएर उनी उठेकाे देखिन्छ । सो खेलको प्रत्यक्ष प्रसारण टेलिभिजनबाट समेत प्रसारण भइरहेको थियो ।
राष्ट्रपति निकट स्रोतका अनुसार मैत्रीपूर्ण आइस हकी खेलमा राष्ट्रपति पुटिन प्रायजसो सबै सृङ्खलामा भाग लिने गर्दछन् । यो पटकको खेलमा उनले आफ्नो टिमका तर्फबाट आठ गोल गरेका थिए । पुटिनको गोलको सहायताले सो खेलमा उनको टोली १४-७ ले विजयी भएको थियाे ।
राष्ट्रपति पुटिनले यो शृङ्खलामा आइस हकीको राष्ट्रिय लिगका पूर्व खेलाडी सम्मिलित टोलीबाट खेलेका छन् । पुटिन हकीमा मात्रै नभइ जुडोमा पनि अबद्धीत पूर्व खेलाडी हुन् । उनले जुँडोमा ब्ल्याक वेल्ड पाएका थिए ।
यसरी लडेका थिए पुटीन भिडीयो