राजकुमार ह्यारी-मेघान पुत्र अर्जीलाई ‘चिम्पाञ्जी’ सँग तुलना गर्दा बीबीसीबाट बर्खास्त

बेलायतमा राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीलाई चिम्पाञ्जीसँग तुलना गरेर ट्विट गर्ने बीबीसी रेडियोका एक कार्यक्रम प्रस्तोताका लागि उनको त्यो ट्विट महंगो भएको छ। उनी सर्वत्र आलोचनाको पात्र त भएका छन् नै, जागीरबाट पनि बर्खास्त भएका छन्। राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीको जन्ममा खुशी मनाइरहेको बेलायतको माहौलमा बीबीसी रेडियोका एक कार्यक्रम प्रस्तोताले चिम्पाञ्जी प्रकरण ल्याएर टर्रो बनाइ दिएका छन्।

डेनी बेकर नाम गरेका ती कार्यक्रम प्रस्तोताले ट्वीटरमा कपडा लगाएको चिम्पाञ्जीको फोटो राखेर ‘शाही शिशु अस्पतालबाट फर्किए’ लेखेका थिए। बेलायती राजसंस्थाको सातौ वरियतामा रहेका अर्जीलाई चिम्पाञ्जीसँग तुलना गरेको कुरा बेलायती जनताका लागि प्रिय भएन। उनी ट्विटमा नराम्ररी ट्रोलका शिकार भए।

यसैबीच बीबीसी रेडियोले पनि उनलाई जागिरबाट हटाएको छ। बीबीसीले यो ट्वीट गम्भीर भएको, साथै बीबीसीको मूल्य मान्यताविरुद्ध भएको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार