एजेन्सी ।
लगाउने कपडा खान पनि मिल्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ? तर उत्तर कोरियामा किम जोङ उनद्वारा खान मिल्ने कपडामा डिजाइनहरु सार्वजनिक भएका छन् ।
उत्तर कोरियाली नेता किम जोंग उनले भोक लाग्दा खान पनि सकिने डिजाइनर कपडा सार्वजनिक गरेका छन् । आफ्नो फेशन उत्पादन सार्वजनिक गर्दै उनले लामो समयसम्म भोकमरीसँग जुधिरहेको आफ्नो देशमा यस्ता डिजाइन सार्वजनिक गरेका हुन् ।
स्विमिङ, हाइकिङ र एड्भेन्चर रुचाउनेका लागि यस किसिमको डिजाइन कपडा निकै सहयोगी हुने बताइएको छ । किम क्लोदिङ रिसर्च सेन्टरमा बनेका यी कपडा फ्लेनलेट फेब्रिकले बनाइएको हो ।
जसमा फेब्रिक प्रोटिन, एमिनो एसिड, फ्रुट जुस, म्याग्नेसियम, आइरन र क्याल्सियमको मिश्रण छ ।