एजेन्सी ।
कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।
यहाँ हामीले मसत निन्द्रबाट बूँझदा गर्न नहुने कामको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।
१. राति ब्युझिएपछि चुरोट पिउनु हुँदैन । चुरोट पिउनाले फेरि निन्द्रा पर्न गाह्रो हुन सक्छ । किनभने चुरोटमा हुने निकोटिनले निन्द्रामा प्रभाव पार्ने गर्छ । चुरोट पिउनु आफैंमा हानीकारक हो भने मध्ये रातमा चुरोट पिउनु झनै हानिकारक मानिन्छ ।
२. जाडोयाममा अधिकांस मानिसको रातको समयमा चिया कफी सेवन गर्ने बानी नै हुन्छ । यस्तो बानी बेलैमा सुधार्नु उचित हुन्छ । किनभने चिया कफीमा अधिक मात्रामा हुने क्याफिनले निन्द्रा भंग पारिदिन्छ ।
३. कसैकसैलाई आधा रातमा निन्द्राले छोडे या भोक लागे खानेकु्रा खाने बानी हुन्छ । यसरी रातको समयमा खानेकुरा खानाले मोटोपना बढाउँछ ।
४. राति निन्द्रा नपर्दा कतिपयले रक्सी तथा मादक पदार्थ सेवन् गर्ने गर्छन् । यसले केही समयमै निन्द्रा लगाए पनि भित्रभित्रै असर पुर्याईरहेको हुन्छ । रक्सी सेवन गरेर सुत्दा बिहान शरीर भारी र आलस्य हुन्छ ।
५. रातको समय ब्युँझिएपछि टिभी हेरेर बस्नु उचित हुँदैन । मानिसहरु टिभी हेर्दाहेर्दै निदाइन्छ भन्ने सोच्छन् तर यो गलत हो । टिभी हेर्नाले झनै निन्द्रा बिग्रिन्छ । पछि सपनामा पनि टिभीमा देखेका कुराहरु आउँदा थकित महशुश हुनुको साथै दिमागको थकान मेटिदैँन ।