म्युजिक नेपालका म्यानेजर थापा प्रतिलिपि अधिकार चोरी पक्राउ

काठमाडौं ।

प्रहरीले म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि पक्राउ गरेका हौं ।’

चलचित्र मखमली फिल्मको गीतलाई लिएर धनमाया सिलवालले दिएको जाहेरीको आधारमा अनुसन्धान थालिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार