काठमाडौं ।
१. सडक बनाउन माग गर्दै स्थानीयहरुले गरे ठेचो–चापागाँउ सडक बन्द
काठमाडौं । ललितपुरको चापागाउँमा सडक कालोपत्रे गर्नुपर्ने मागसहित स्थानीयहरुले स्वतः स्फूर्त गरेको आन्दोलन चर्किदै गएकोे छ । स्थानीयले दिनभर ठेचोदेखि चापागाउ टाहाखेलसम्मको सडकमा ठाउँठाउँमा अवरोध सिर्जना धर्ना प्रदर्शन गरेका छन् । स्थानीयहरुले माइकिङ गर्दै पसलहरु समेत बन्द गराएका छन् । अहिले भने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले समेत सडक अवरुद्ध कार्यक्रममा सहभागिता जनाएका छन् ।
२. शक्तिशाली शिक्षिका– जसले विगत ४ वर्षदेखि स्कुलनै नगई तलब बुझ्दै आएकी छन् !
रौतहट । रौतहटका पूर्व सांसद जितेन्द्र यादवकी श्रीमतीले ४ वर्षदेखि स्कुलनै नगई तलब बुझ्ने गरेकी छिन् । रौतहट फतुवापुर नगरापालिका–३ मा रहेको जनता प्राथमिक विद्यालयकी शिक्षिका संगिता यादव ४ बर्षदेखि विद्यालय गएर विद्यार्थीलाई पढाएकी छैनन् । हाजिर गर्न भने दुई तीन महिनाको अवधिमा स्कुलमा पुग्ने गरेको स्थानीयहरु बताउँछन् । यस हाजिर कापीमा संगिता यादवको हाजिरी देखिन्छ ।
३. उपचार लागि आर्थिक अभावका कारण साङ्गलोमा बाँधिएका टंक
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ सुठौलीका टंक प्रसाद न्यौपानेको मानशिक सन्तुलन गुमेपछि उपचार अभावका कारण घरमै साङ्गलो बाँधिएर बसेका छन् । निम्न आए स्तर भएका परिवारका न्यौपाने विगत ५ वषदेखि मानशिक रोगको शिकार भएका छन् । तर आर्थिक अवस्था कमजोर भएपछि परिवारले उपचार गराउन सकेका छैनन् ।