अष्ट्रेलियाको सिड्नीमा नेपाली फेशन शो हुदै, बिजेताले पाउनेछन् २ लाख रूपैयाँ ।

सिड्नी ।

अस्ट्रेलियाको सिड्नीमा नेपाली फेसन सो हुने भएको छ । ग्लाम नेपाल इन्टरनेसनल को आयोजनामा नेपाली फेसनको पर्बधन गर्न अस्ट्रेलियाको सिड्नीमा नेपाली फेशन सो हुने भएको हो । आउँदो जुन २ मा साँझ ६ बजे बाट सिड्नी स्थित होटेल सोफिटेलमा कार्यक्रम हुने भएको हो । उक्त प्रतियोगितामा १० जना पुरुष र २० जना महिला बिच प्रतिस्पर्धा हुने आयोजक डिजिटल जेनेरेशनका निर्देशक दीपक ज्ञवालीले जानकारी दिए । १० पुरुष र २० महिला मोडेलहरू अहिले फोटो सुट पछि विभिन्न अरू ट्रेनिङ्गहरूमा व्यस्त रहेको ग्लाम नेपाल इन्टरनेसनलले बताएको छ ।

प्रतिस्पर्धीबाट उत्कृष्ट महिला तथा पुरुष प्रतियोगीले जनही २ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ। ‘ग्ल्याम नेपाल इन्टरनेशनल’ टाइटल दिइएको प्रतियोगितामा पिपल्स च्वाइस अवार्ड विधा समेत रहेको छ। ती उपाधी हात पार्नेले विभिन्न फेशन शोमा सिधै प्रतिस्पर्धाको अवसर पाउनेछन्। यस्तै विजेता महिलाले फिलिपिन्समा यहीँ वर्ष हुने फेस अफ ब्युटी इन्टरनेशनलमा सहभागिता जनाउन पाउने आयोजकको भनाइ छ। नेपालको फेशनलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन फेशन शोको आयोजना गरिएको ग्ल्याम नेपाल इन्टरनेशनलका सद्धभावना दुत सुनोद श्रेष्ठले बताए।‘फेशनमा महिला र पुरुष दुवैलाई समानअवसर प्रदान गर्दै नेपाली फेशनलाई अन्तर्राष्ट्रिय मञ्चमा समेत चिनाउने प्रयास हामीले जारी राखेका हौँ’, श्रेष्ठले भने। प्रतियोगिताको निर्णायकमा मनिष राई, मुक्ला श्रेष्ठ, युबी थापा, सविता कार्की र नीति शाह रहने बताइएको छ। थाहा खबरको सहयोगमा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार