राजधानीमा युवतीमाथि एसिड प्रहार, काँडाघारीबाट विष्णु भुजेल पक्राउ

काठमाडौँ।

काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएपछि फरार अभियुक्त खोज्न काठमाडौं प्रहरी तत्कालै परिचालित भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले एसिड प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा आइसकेको जानकारी दिए ।काठमाडौंका प्रहरी प्रमुख सुवेदीले आफ्नै श्रीमानले ती युवतीलाई एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

सुवेदीका अनुसार काभ्रेका विष्णु भुजेलले आफ्नै श्रीमती जेनी खड्कालाई एसिड प्रहार गरी फरार भएपछि तत्काल भुजेललाई काठमाडौं काँडाघारी सनसिटीबाट पक्राउ गरेको बताए ।

उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार