काठमाडौं ।
नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो ।
महालेखाले शंकास्पद रुपमा खडा गरिएको कम्पनी हाई–फ्लाई–एक्सको बिलबिजकमाथि समेत शंका व्यक्त गरेको छ । निगमले दुईवटा वाइडबडी विमानबाट मात्र २०७५ साउनदेखि पुससम्म ६ महिनाको नोक्सानी अनुमानित १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
महालेलखा परीक्षकको कार्यालयले गत वर्ष नै वाइडबडी विमान खरिदका क्रममा अनियमितता भएको भनि वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो। त्यही प्रतिवेदनमा आधारित भएर छानबिन गर्ने क्रममा संसदको सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्षसहित थप कारबाहीका लागि अख्तियार अनुसन्धान आयोगमा सिफारिस गरिएको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।