काठमाडौं ।
सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ । सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य ब्रह्मदेव रायले परीक्षा प्रक्रिया स्वच्छ र मर्यादित नभएको भनी आपत्ति जनाउँदै परीक्षा प्रक्रियामा सामेल हुन नसक्ने जनाएका थिए ।
लतत्तै सेवा आयोगले विशेष सूचना निकालेर परीक्षा स्थगित गरेको हो । त्रिवुभन विश्वविद्यालयले गत वैशाख १४ गते उपप्रशासकदेखि सवारी चालक तहसम्मका विभिन्न पदमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको थियो । त्यस क्रममा सेवा आयोगका पदाधिकारीदेखि प्रशासकीय प्रमुखका नातेदार उत्तीर्ण भएका थिए । त्रिविसँग सम्बद्ध पदाधिकारी र पहुँचवालाका नातागोतालाई समेत पास गराइएको खुलासा भएको थियो ।
नातेदार सहभागी परीक्षामा पदाधिकारीहरु सामेल भएपछि उनीहरुमाथि ‘बदनियत राखेका’ आरोप लागेको छ । यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।