फिल्म “प्रेम दिवस”को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार नायिका प्रियंका कार्की, नायक आयुषमान जोशी र बिशाल खरेललाई फिर्चड गरिएको छ । प्रेम , मिलन र बिछोड समावेश गरिएको उक्त ट्रेलरमा प्रियंका कार्की, आयुषमान जोशी र बिशाल खरेल बिचको त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ ।
वास्तविक जीवनमा प्रेममा रहेका प्रियंका कार्की र आयुषमान जोशीलाई फिल्ममा पनि प्रेमीको रुपमा देख्न सकिन्छ । केहि समय अघि फिल्मको ‘तिम्रो छेउ सरुँकी म’ र ‘बरु अर्को जुनी’ बोलको गीतहरु सार्वजनिक भएका छन् भने अहिले फिल्मको ट्रेलर सार्वजनिक भएको छ । म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र बिशाल खरेलको मुख्य भूमिका रहेको छ ।
निर्देशक योगेश घिमिरे निर्देशित प्रेम दिवस फिल्ममा दीप भारद्धाजको कथा, पटकथा तथा संवाद, बसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत, मानकृष्ण महर्जनको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र बनिष शाहको सम्पादन रहेको छ । फिल्ममा सञ्जय न्यौपानेको लगानी रहेको छ । फिल्म आगामी जेष्ठ ३१ गतेबाट अल नेपाल रिलिज हुँदै छ।