चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलबीच परम्परागतरुपमा लगनगाँठो सकेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको सिउँदो भरेका हुन् । बैवाहिक समारोहमा यी दुईका नजिकका आफन्तहरुमात्र सहभागी रहेका थिए ।
https://www.facebook.com/alizagautam988/videos/1251070848383299/
दुबै जनाले हिन्दु पराम्परा अनुसार अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै बाँच्ने कमस खाए । रविको डिभोर्सको खुलासासंगै उनी र निकिताबीचको सम्बन्धको पनि खबर बाहिरिएको थियो । रविको इसासंग डिभोर्स भएको केही दिनमै उनीहरुले माघ ७ गते कानुनी बिवाह गरेका थिए । कानुनी बिवाह गरेको ४ महिनापछि यी दुईले परम्परागतरुपमा बिवाह गरेका हुन् । बिवाहपछि उनीहरु निकै हर्षित मुद«ामा देखिन्थे ।
केही वर्षयता दुबै मित्रपार्कको अम्बे अपार्टमेन्ट मा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । अपार्टमेन्टमा ओहोर-दोहोरको क्रममा उनीहरु एकअर्कासँग नजिकिएको बताइन्छ । कानुनीरुपमा बिवाह गरेलगत्तै निकिताले बोर्डको अध्यक्ष पदबाट राजिनामा दिएकी थिईन् । इसासंग डिभोर्स भएलगत्तै रविले निकितासंग बिवाह गर्दा केहीले आलोचना पनि गरेका थिए ।
सामाजिक सञ्जाल पनि निकै तातेका थिए । तर पछि रविले बिवाहको निर्णय यति छिटो गर्ने योजना नभएको तर आफुहरुको बारेमा मानसिक यातना हुने गरि आएका समाचार र खोजविनले एकअर्काको खाँचो भएपछि बिवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।