विवाहपछि रवि लामिछानेले दिए सबैलाई धन्यवाद


पत्रकार रवि लामिछाने र निकिता पौडेल अन्त: हिन्दु संस्कार अनुसार विवाह बन्धनमा बाधिएका छन । केहि समय अघि कानुनि रुपमा विवाह गरेपनि उनिहरुले सुक्रवार बैवाहिक कार्यक्रमकाे अायाेजना गर्दै बैवाहिक कार्यक्रम सम्पन्न गरेका हुन । अाफ्ना समस्त शुभचिन्तककाे उपस्थितिमा वैकाहिक कार्यक्रम गरेका रविले निमन्त्रणा स्वीकार गरि आशिर्वाद प्रदान गर्नु हुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेका छन ।

केहि समय अघि पुर्व पत्नि ईशासंग कानुनि रुपमा सम्बन्ध विच्छेद गरेका उनले त्यसकाे केहि दिनमै निकिता संगकाे सम्बन्धबारे सार्वजनिक गरेका थिए । त्यसको केहि समयमै कानुनि विवाह गरेका उनिहरुले अन्त: हिन्दु संस्कार अनुसार बैवाहिक कार्यक्रम सम्पन्न गरेका हुन । हेर्नुस रविकाे फेसबुक स्टाटस

हाम्रो बैवाहिक कार्यक्रममा निमन्त्रणा स्वीकार गरि आशिर्वाद प्रदान गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई हामी दुई र हाम्रो परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।चाहेरपनि धेरैलाई निमन्त्रणा गर्न सकिएन।त्यसकालागि क्षमा चाहन्छौ।साथै विभिन्न माध्यमबाट हामीलाई शुभकामना र आशीर्वाद प्रदान गर्नुहुने सम्पुर्णमा हृदयबाट धन्यवाद।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार