एजेन्सी
फ्रान्समा जारी ७२ औं कान्स फेस्टिभलको रौनक जारी रहेकै बेला बलिउड नायिका प्रियंका चोपरा गर्भवती भएको समाचार बाहिरिएको छ ।
उक्त फेस्टिभलमा अत्यन्तै सुन्दर भएर जनाएकी प्रियंकाको प्रेगनेन्सी पेट बाहिर पुट्टा देखिएको छ ।
फेस्टिबलमा गए पछि उनी गर्भवती भएको हल्ल बाहिर आएको छ । कान्स फेस्टिभलको रेड कार्पेटमा हिडेपछि भोलिपल्ट उनी पति निक जोनससंग चोपर्ड ज्वेलरी ब्रान्सको पार्टीमा सामेल भइन ।
दुवै दिन उनले जुन ड्रेस लगाएकी थिइन त्यसमा उनको पेट केही बढेको देखिएको थियो । सामाजिक सञ्जालमा उनका तस्बिर भाइरल हुनासाथ उनी गर्भवती भएको हल्ला बाहिर आएको हो ।
तर प्रियंकाले यसबारेमा कुन प्रतिक्रिया दिएकी छैनन् । प्रियंकाले निकसंग डिसेम्बर १, २०१८ मा विवाह गरेकी थिइन ।