धरानमा फ़स्टाउदै यौन व्यवसाय, ४ होटल सञ्चालक पक्राउ, ६ किशारीको प्रहरीले गर्याे उद्दार

सुनसरी।

धरानमा अवैध रुपमा यौन धन्दा चलाउदै आएका चार जना होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका १२ स्थित होटल साकेलाका संचालक खिसा बहादुर राई, धरान ७ स्थित होटल एवानका संचालक दिपेन्द्र श्रेष्ठ, धरान १२ स्थित रहेको फाईन होटलका संचालक नबिन मगर र धरान ७ परेलि होटलका संचालक लिला बहादुर बस्नेत पक्राउ परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । हाेटल संचालक पक्राउ संगै प्रहरीले ६ जना महिलाको उद्दार समेत गरेको छ ।

हाेटलमा १८ देखि २३ वर्ष उमेरका युवतीहरुलाई होटल सञ्चालकले यौनधन्दामा लगाउने र उनिहरूलाइ साे बापत ५ देखि १५ सयसम्म रकम दिनेगरेकाे खुल्न आएको छ । पक्राउ परेकाहरुलाई मानव बेचविखन कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान भएरहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार