‘५० लाख दिए प्रधानमन्त्री ओलीलाई मार्दिन्छु’ भन्ने पक्राउ

काठमाडौं।

५० लाख रुपैयाँ दिए प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदन्छु भन्ने एक व्यक्ति पक्राउ परेका छन्।

‘५० करोड दिनुस् भारतीय प्रधानमन्त्रीलाई मारिदिन्छु’ भन्ने शीर्षकको समाचारको कमेन्टमा एक युवाले ५० लाख दिए ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गरेका थिए।

पक्राउ पर्नेमा फेसबुकमा सलिम योन्जन तामाङ भाई नाम राखेका सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका–२ का ३४ वर्षीय लालबहादुर तामाङ छन्। उनलाई सोमबार बानेश्वरबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार