काठमाडौँ ।
तत्कालीन नेकपा एमाले निकट युवासंघका डन दिनेश अधिकारी ‘चरी’ को प्रेमीकाको रुपमा बिबादिमा तानिएकी मोडेल भनिने खुश्बु ओलीलाई चेक बाउन्सको मुद्दामा तीन महिना जेल सजाय सुनाइएको छ ।
ओलीले सप्तरीका गोपालबहादुर कटवाललाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि काठमाडौँ जिल्ला अदालत काठमाडौँले तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना सुनाएको हो ।
ओलीले कटवालसँग ३६ लाख सापटी लिएकी थिइन् । सापटी लिएको रकम तिर्न भनेर दिएको चेक बाउन्स भएपछि कटवालले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गराएका थिए ।
अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको मुद्दा शाखा अधिकृत टिकासिंह खत्रीले बताए ।