काठमाडौँ आइरहेको ट्रक त्रिशूलीमा खस्यो, २ जना घाइते

काठमाडाैं ।

भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा ट्रक खसेको छ । भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर आउँदै गरेको ट्रक आज बिहान खसेको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली रहेका छन् । उनीहरु दुवैको अवस्था सामान्य रहेको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको पर्रहरीले जनाएको छ ।
ट्रक किनारमा खस्दा दुई घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ आउँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक सडकबाट करीब ६० मिटर तल नदी किनारमा खसेको हो ।

आँप बोकेर काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान २ः२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार