एनडीए संसदीय दलको नेता चुनिए मोदी

काठमाडौं ।

भारतका निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी एनडीए गठबन्धनको नेता चुनिएका छन् ।

लोकसभा चुनावमा भारतीय जनता पार्टीको एकल बहुमत आएको छ भने एनडीए गठबन्धनले ३५० सिट जितेको छ । चुनाव लगतै नयाा प्रधानमन्त्री चयनको तयारी सुरु भएको छ ।

त्यसक्रममा शनिबार एनडीए गठबन्धनले मोदीलाई नेता चयन गरेको छ । सिरोमनी अकाली दलका प्रकाश सिंह बादलले मोदीलाई गठबन्धनको नेता बनाउने प्रस्ताव गरे, जसलाई जेडीयूका नितिशकुमार र शिव सेनाका उद्धव ठाकरेले समर्थन गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार