राज्यले अझै मधेस र मधेसीसंग विभेद गरिरहेको छ : उपप्रधानमन्त्री उपेन्द्र यादव

-घनश्याम मिश्र,

धनुषा । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादबले राज्यले मधेस र मधेसीसंग अझै विभेद गरिरहेको बताउनु भएको छ । समाजवादी पार्टी नेपालको प्रादेशिक अभुमुखीकरण कार्यक्रमलाई जनकपुरमा संबोधन गर्दै उहाँले संघीय सरकारले प्रदेशलाई कुनै अधिकार दिन न चाहेको आरोप पनि लगाउनु भयो ।

जनकपुरको उद्योग वाणिज्य संघको राजर्षि जनक सभा आयोजित कार्यक्रममा संघीय उपप्रधानमन्त्री यादव संघीय सरकार प्रति कड़ारुपमा प्रस्तुत हुनु भयो । उहाँले संविधानमा पहिचान र समाबेशीलाई आत्मसात नगरेसम्म मधेसी चुप लागेर नबस्ने स्पष्ट पार्नुभयो ।

अहिलेको निर्वाचन प्रणाली पनि परिवर्तन गरी सामानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने तर्क उहाँको छ । उहाँले नेपालको यो संबिधानमा अहिले सबैको पहिचान न खुलेकोले गर्दा यो पहिचान विरोधी संविधान बनेको जिकिर गर्नुभयो ।

अहिलेको संविधान अधुरो अपुरो रहेको भन्दै संविधानमा सबैको पहिचान जवसम्म समेटिदैन तव सम्म मधेसले यो संविधान स्वीकार नगर्ने बताउनु भएको हो । मधेसको जनविद्रोहकै कारण संघीय प्रणाली आएको ठोकुवा गर्दै उहाँले अझै पनि संघीय प्रणालीको भावना अनुसार मुलुक अघि नबढेको बताउनुभयो ।

आर्थिक विकासका लागि आर्थिक नीति नै गलत भएको जिकिर गर्दै सरकारको अहिलेको नीतिले गर्दा गरीव झन गरीब हुंदै गएको र धनी झन धनी भएको पनि उपप्रधानमन्त्री यादवले बताउनुभयो ।

उहाँले कांग्रेसप्रति प्रहार गर्दै देशलाई कंगाल बनाउने कांग्रेस एक नम्बर पार्टी भएको बताउनु भयो । उहाँले मुलुकको सबै उद्योग काँग्रेसले बर्बाद पारेको दावी गर्दै नेकपाको अदूरदर्शिताको कारण मुलुक झनै बर्बादको अवस्थामा पुगेको बताउनु भयो ।

कार्यक्रममा संघीय परिषदका संयोजक डाक्टर बाबूराम भटराई, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र प्रदेश २ का मुख्य मन्त्री समाजवादी पार्टीका नेता समेत रहेका लालबाबु राउतले आआफ्नो विचार राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार