दिल खोलेर मज्जाले हाँस्नुका ५ फाइदा

– एजेन्सी।

हाँस्नु शरीरका लागि धेरै तरिकाले फाइदाजनक छ । हाँसेको खण्डमा अनुहारको एक्सरसाइज हुनुका साथ तनाव पनि हटेर जान्छ । शरीर स्वस्थ पनि हुन्छ । तपाईंलाई थाहा नहुन सक्छ, हाँसेकै भरमा शरीरमा क्यालोरी पनि उत्पन्न हुन्छ ।

हाँस्नु कैयौं रोगको उपचार पनि हो । हाँसोबाट हाम्रो शरीरका मांसपेसी, आँखा र हृदयको मांसपेसीलाई आराम मिल्छ । युनिभर्सिटी अफ मेरील्यान्ड (अमेरिका) को एक शोधअनुसार दिल खोलेर हास्नेहरूको रक्तसञ्चार अति राम्रो हुन्छ । दस मिनेटसम्म लगातार हाँसेको खण्डमा दुई घन्टासम्म तनावबाट मुक्ति मिल्छ । त्यसैगरी शरीरको रोग प्रतिरोधक क्षमता पनि बढ्छ । विशेषज्ञहरूका अनुसार जो मान्छे धेरै हाँस्छन् उनीहरू लामो समयसम्म जवान देखिन्छन् । हाँस्नुको अरु पनि धेरै फाइदा छन् :

दिनभर स्फुर्ति रहन्छ

भारतका फिजियोथेरापिस्ट डा. ऋषि भन्छन्, ‘यदि बिहानको समयमा हास्य ध्यान योग गरिन्छ भने दिनभर प्रसन्नता र स्फुर्ति भइरहन्छ । यो योगबाट शरीरमा केही हमर्नको स्राव हुन्छ जसले मधुमेह, ढाड दुख्ने र तनावबाट मुक्ति मिल्छ ।

शरीर तन्दुरुन्त रहन्छ

हाँस्नुले हृदयको एक्सरसाइज हुन्छ । रक्तसञ्चार पनि राम्रोसँग हुन्छ । हाँसेको खण्डमा शरीरबाट एन्डोर्फिन नामक रसायन उत्पादन हुन्छ, जसले शरीरलाई तन्दुरुस्त बनाउँछ । हाँस्नुले हृदयाघातको सम्भावना पनि कम हुन्छ ।

कमर दुखाइबाट आराम

कमरको दुखाइजस्ता पीडाजन्य समस्याबाट मुक्त हुन्छ हाँस्नु पनि एउटा विकल्प हो । चिकित्सकहरूले ‘लाफिङ थेरापी’ को सहयोगले बिरामीको उपचार पनि गर्ने गरेका छन् ।

प्रतिरक्षातन्त्र बलियो

हँसाइबाट धेरै मात्रामा अक्सिजन प्राप्त गर्न सकिन्छ । अक्सिजनको उपस्थितिमा क्यान्सरजन्य कोषिका र अन्य प्रकारका हानिकारक ब्याक्टेरिया तथा भाइरस नष्ट हुन्छ । यसबाट शरीरको प्रतिरक्षातन्त्र बलियो हुन्छ । हाँसेको बेला हामी गहिरो सास लिन्छौँ, यसबाट शरीरमा अक्सिजनको सञ्चार राम्रोसँग हुन्छ । यसबाट हामी लामो समयसम्म स्वस्थ रहन सक्छौँ ।

तनाव भाग्छ

हाँसोमा तनाव, पीडा तथा झगडा हटाउने÷मुक्त गर्ने शक्ति हुन्छ । दिल खोलेर हाँसेको खण्डमा सारा तनाव हटेर जान्छ । यस अवस्थामा तनावबाट हुने मानसिक तथा शारीरिक समस्याबाट पनि बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार