बार्सिलोनामा सड़क दुर्घटनाबाट स्याङ्जाका पुजन कोईरालाको निधन

भोला लामिछाने , स्पेन।

स्पेनको बार्सिलोनामा नगरपालिकाको फोहोर बोक्ने सवारीसगको ठक्करमा साईकल चलाईरहेका पुजन कोईरालाको दुखद निधन भएको छ ।

आईतबार राती ११ बजेर ३० मिनेटमा ग्रान भिया र बाल्मेस को कर्नरमा स्याङ्जा जिल्ला विरूवा गाउँपालिका ६ चिन्ने घर भई दश महिना देखि बार्सिलोनामा बस्दै आएका वर्ष २२ का पुजन कोइरालाको मृत्यु भएको एन आर एन स्पेनका सल्लाहकार सन्तोष श्रेष्ठ ले राती नै २ वजे नेपाली वेभ लाई वताएका थिए ।

स्पेनमा वैधानिक नभई सकेका कोईराला गोल्भो नामक खाना डेलीभरी गर्ने कम्पनीमा काम गर्न शुरू गरोका थिए ।

उक्त घटनापछी एनआरएनए स्पेनले विज्ञप्ति जारी गर्दै कोईरालाको निधनप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाबारे परिबारलाई जानकारी दिईसकेको पनी बताएका छन्। नेपाली समुदायले पोस्टमार्टम पछि शब बुझ्ने र नेपाल आफ्न्तलाई पठाउने काम गरिने समेत बताए । साथै शव ब्यबस्थापन र कानुनि प्रक्रियाकालागि दूताबास र कन्सुलरमार्फत प्रक्रिया अघि बढिसकेको र अर्कोतर्फ परिबारकालागि उपाध्यक्ष पेशल कोईराला को संयोजकमा आर्थिक सहयोग संकलन समिति बनाई काम भैरहेको बताएका छन् ।

कोइराला जर्मन विद्यार्थी भिषामा एक वर्ष अघि यूरोप आएका थिए भने स्पेनको बार्सिलोनामा बैधानीक प्रक्रियाका लागी काम गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार