लिस्बन।
पोर्चुगलमा बाल यौन दुर्व्यवहारको घटनाहरु बढ्दो छ। एक तथ्यांकले देखाए अनुसार हरेक महिना २२ बालबालिका यौन दुर्व्यवहारको शिकार हुने गरेका छन्। यो संख्या उजुरी गर्दा भएका घटना मात्रै भएकोले वास्तविक पिडितहरुको संख्या अझै बढी हुनसक्ने बताईएको छ।
पोर्तुगिज एसोसिएसन फर भिक्टिम सपोर्टले (APAV | Associação Portuguesa de Apoio à Vítima ) सो तथ्यांक निकालेको हो। सो संस्थाका अनुसार अधिकांस यौन दुर्व्यवहारका घटना परिवारभित्रै हुने गरेका छन् जसमा अधिकांस ८ देखि १७ बर्षका बालिका रहेको बताएको छ। रिपोर्टमा उल्लेख छ , ” हरेक दिन दुई भन्दा बढी बालबालिका अपराध र दुर्व्यवहारको शिकार हुन्छन। ”
सो संस्थाले बिगत ३ बर्षमा ८८१ बालबालिकाको उद्धार गरेको जनाएको छ। सोही समयमा आपतकालीन सहयोग र उद्धारका १० हजार पाँच सय नौ उजुरी फोनकल मार्फत प्राप्त गरेको रिपोर्टमा जनाईएको छ।