काठमाण्डौं ।
शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथ पोष्ट डट कम एवं अग्निवाँण पाक्षिकका सम्पादक रबिन प्रसाद थपलिया राजधानीमा सम्मानीत भएका छन् ।
गन्तव्य नेपाल ग्रुपद्धारा सञ्चालीत गन्तव्य नेपाल पत्रिकाको १५ औं बार्षिकोत्सबको अवसरमा काठमाण्डौंमा आज आयोजीत बिशेष कार्यक्रममा पत्रकार थपलिया गन्तव्य नेपाल पत्रकारीता अवार्डद्धारा सम्मानीत भएका हुन् ।
नुवाकोट जिल्ला शिवपुरी गाँउपालीका ८ का पत्रकार थपलिया बिगत १७ बर्ष देखि पत्रकारीताका क्रियाशील रहंदै आएका छन् । पत्रकारीता सहित सामाजीक अभियानमा क्रियाशील पत्रकार थपलिया यस अघि राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा प्रेस काउन्सीलसमावेशी पत्रकारीता पुरस्कार, प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा क्रियाशील पत्रकारीता पुरस्कार, लगायत तिन दर्जन बढी पत्रकारीता पुरस्कार,अवार्ड र बिभिन्न सम्मानद्धारा सम्मानीत भइसकेका छन् ।