डोटीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, १४ घाईते, १ को अवस्था गम्भिर

डोटी ।

डोटीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना १४ घाईते भएका छन्।

डोटीको दिपालय सिलगढी नगरपालिका ४ समुवागाड नजिक जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको हो। तिखा क्षेत्रबाट डडेल्धुराको कोरालखोला विवाह जन्ती जाँदै गरेको से २ त ३३२ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार १४ जना घाईते भएको छन्।

घाईते मध्ये एक जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। गम्भीर घाईतेको जिल्लामा उपचार सम्भव नभए पश्चात थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ।

ट्याक्टरमा २४ जना सवार रहेका थिए। १३ जना घाईतेहरुको दिपालयको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ। ट्याक्टरको चालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार