काठमाडौँ ।
सरकारले ज्येष्ठ नागरिक तथा एकल महिलाको भत्ता बढाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत प्रस्तुत जेष्ठ नागरिक र एकल महिलाको भत्ता बढाउने बताएको हो ।
यसअघि जेष्ठ नागरिकले मासिक भत्ता २ हजार पाउँदै आएकोमा अब देखि ३ हजार पुग्ने भएको हो । हाल, १३ लाख ज्येष्ठ नागरिकले भत्ता बुझ्दै आएका छन् ।
सरकारले प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने भएको छ ।
त्यस्तै, एकल महिला भत्ता पनि मासिक एक हजार वृद्धि भएको छ ।