बजेट कम्युनिष्ट पार्टीको घोषणापत्र जस्तो : महतो

काठमाडौँ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बुधबार अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक वर्ष २०७६७७ को बजेट कम्युनिष्ट पार्टीको घोषणापत्र जस्तो भएको टिप्पणाी गरेका छन् ।

संसद भवनबाट बाहिरिने क्रममा महतोले घोषणापत्रमा जस्तो जे पनि गर्छु भनेर उल्लेख गरेको दाबी गरेका हुन् । बजेट कार्यान्वयन नहुने दाबी गर्दै महतोले भने, ‘बजेट कम्युनिष्ट पार्टीको घोषणापत्र जस्तो देखियो । सबै थोक राखेको छ । कार्यान्वयन हुने देखिएन ।’

उनले बजेट संघीयताको मर्मअनुसार नआएको उल्लेख गरे । ‘संघीयताको मर्मअनुसार आएन । संवृद्धितर्फ लाने कुनै छाँटकाँट देखिएन । बजेटले मधेशको भवना समेटेको छैन, महतोले भने ।

त्यस्तै राजपाकै नेता लक्ष्मणलाल कर्णले बजेट केन्द्रीय मानसिकताअनुसार नै आएको बताए । ‘प्रदेश स्थानीय तहलाई दिनुपर्ने आर्थिक पहुँच दिएन । केन्द्रीय मानसिकताबाट पीडित छ र त्यसैअनुसार बजेट आएको छ, कर्णले भने ।

खतिवडाले बुधबार १५ खर्ब ३२ अर्बको बजेट संसदमा पेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार