राष्ट्रपति भवनअघि आत्महत्याकाे प्रयास

काठमाडौं ।

अमेरिकी राष्ट्रपति निवास (ह्वाइट हाउस) अगाडि एक व्यक्तिले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । बुधबार दिउँसो एलिपस पार्कमा आफैँलाई आगो लगाएका हुन् ।

अमेरिकाको सिक्रेट सेवाका अनुसार नेशनलल पार्क सर्भिस र अमेरिकी पार्क प्रहरीले आगो लगाउने व्यक्तिको आगो निभाउने प्रयास गरे । आगो निभाएर उनलाई अस्पताल भर्ना गरिएको छ । आगो लागेका व्यक्तिको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एलिपस पार्क पर्यटकहरुको भीड हुने क्षेत्र हो । घटनाको भिडियो एक पत्रकारले ट्वीट गरेका छन् । भिडियामा युवले आफूलाई आगो लगाएर यताउता हिडेँका छन् । आगो लागेको जानकारी पाएपछि प्रहरीले युवकको शरीरमा लागेको आगो निभाइ अस्पताल लैजान्छन् ।

अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसको अगाडि आफैँलाई आगो लगाएको यो पहिलोपटक होइन । यसअघि अप्रिल १२ मा ह्वीलचियरमा बसेका एक व्यक्तिले आफूलाई आगो लगाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार